Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

निजगढनमा शारीरिक पुनर्स्थापना शिविर सम्पन्न

निजगढनमा शारीरिक पुनर्स्थापना शिविर सम्पन्न


  • 1.1K
    Shares

    निजगढनमा  शारीरिक पुनर्स्थापना शिविर सम्पन्न
    images

    काठमाडौं ।  निजगढ नगरपालिकाले शनिबार नगरपालिकाको कार्यालय परिसरमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँचसहित शारीरिक पुनर्स्थापना शिविर सम्पन्न गरेको छ।

    नगरपालिकाको आर्थिक सहयोगमा प्रेरणा, शारीरिक पुनर्स्थापना केन्द्र, लालबन्दी, सर्लाहीसँगको सहकार्य र प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ परीक्षण तथा सहायक सामग्री नापजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको हो।

    शिविरबाट ३१ जना  शारीरिक अपाङ्गता भएका बालबालिकाहरू एवं ज्येष्ठ नागरिकहरूको स्वास्थ परीक्षण गरिएको थियो। उनीहरूमध्ये २४ जनाको  लागि आवस्यक पर्ने सहायक सामग्रीहरू – ह्वीलचेयर-८ थान, ट्वाईलेट चियर-१ थान, वाल्कर -२ थान, ए.एफ.ओ। -४ थान, हाईड्रोलिक ट्राईसाइकल-१ थान, कुहिना तलको प्रोस्थेसिस-१ थान, घुँडा मुनिको प्रोस्थेसिस -१ थान, सेतो छडी -३ थान, साधारण छडी-२ थान, र एक्जुलरी क्रचेज -१ जोडी गरी जम्मा २४ थान सहायक सामग्रीहरू नापजाँच गरिएको प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट मिन गुरुङ्गले जानकारी दिए। 

    प्रेरणा, शारीरिक पुनर्स्थापना केन्द्र, सर्लाहीले मधेश प्रदेशमा प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्दै शारीरिक पुनर्स्थाना क्षेत्रमा विगत २५ वर्षदेखि सेवा पुर्याँउदै आएको पुनर्स्थापना केन्द्रका प्रबन्धक बेनी आलेले बताए।

    शिविर व्यवस्थापनमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उप-प्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल, प्रहरी निरीक्षक जीवन लामिछाने, अपाङ्गता परिचय-पत्र वितरण समन्वय समिती सदस्यहरू बबिता श्रेष्ठ, बिक्रमराज लामा, मेडिकल अधिकृत डा। विकास लामा, स्वास्थ्य शाखा प्रमुख रमेश लामास महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रोजी श्रेष्ठका साथै अन्य कर्मचारीहरूको उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १०:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij