Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसूरको जाहेरी सनाखत गरिँदै

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसूरको जाहेरी सनाखत गरिँदै


  • 1.3K
    Shares

    • images
    नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसूरको जाहेरी सनाखत गरिँदै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध परेको जाहेरी प्रहरीले सनाखतपछि दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत पुगेको जाहेरी सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एकजना अधिकृतले बताए ।

    चौधरीविरुद्ध धात बुढामगरले ५ करोड ४० लाखको बैङ्किङ कसुरको जाहेरी हुलाकमार्फत प्रहरीकहाँ पठाएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका ति अधिकृत भन्छन्, ‘जाहेरवालाले सो रकमको स्रोत देखाउनुपर्छ, हामी जोहरी सनाखत गराउँदै छौँ ।’

    स्रोत खुलाएर सनाखत गरेपछि जाहेरी दर्ता गर्ने प्रहरीको तयारी छ । जाहेरी दर्ता भएसँगै अदालतबाट पक्राउ पुर्जी लिएर आरोपी पक्राउ गर्ने कानुनी व्यवस्था छ । बैङ्किङ कसुरको मुद्दामा मिलापत्र गर्न मिल्ने व्यवस्था भएको हुनाले चौधरीले जाहेरवालाको रकम फिर्ता गरेमा मिलापत्र हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् 

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - ११:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij