Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एकै पटकमा ३ शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

एकै पटकमा ३ शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग


  • 1.8K
    Shares

    एकै पटकमा ३ शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

    काठमाडौं । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। 

    गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो। 

    उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले जानकारी दिए। 

    ‘नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो’ उनले भने। 

    गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ। हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ। रासस   

     

    images
    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १०:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij