Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवतीको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवतीको मृत्यु


  • 1.5K
    Shares

    • images
    मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवतीको मृत्यु

    काठमाडौं । रौतहटमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। करेन्ट लागेर राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुनको मृत्यु भएको  जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले  बताए। 

    बुधबार दिउँसो आफ्नै घरमा मोबाइल चार्ज गर्दा खातुनलाई  करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा  साँझ ५  डाक्टरले मृत घोषणा गरेका थिए। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले जानकारी दिए ।

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता रायले जानकारी दिए । 

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १०:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij