Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सामान्य अंकले घट्यो नेप्से, नौ अर्ब बढीको सेयर किनबेच

सामान्य अंकले घट्यो नेप्से, नौ अर्ब बढीको सेयर किनबेच


  • 1.7K
    Shares

    • images
    सामान्य अंकले घट्यो नेप्से, नौ अर्ब बढीको सेयर किनबेच

    काठमाडौं ।  साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ ।

    यसदिन ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यसपछि जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

    यसदिन सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका छन् । सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १५:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij