२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरू गरेको छ ।
तेल अविवस्थित दूतावासले सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो ।
‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामारत्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ’ भन्दै सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरेको छ ।
इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij