Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा अधा झुकाउने, श्रद्धाञ्जलीका लागि सानेपामा

शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा अधा झुकाउने, श्रद्धाञ्जलीका लागि सानेपामा


  • 2.2K
    Shares

    शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा अधा झुकाउने, श्रद्धाञ्जलीका लागि  सानेपामा
    images

    काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

    बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा झुकाउने निर्णय गरेको हो । 
    पूर्व मन्त्री एवं समाजवादी चिन्तक समेत रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पारितशोक प्रस्ताव पारित गरेको छ ।

     शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । 

    ‘२०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने’, बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र  १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - ०९:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij