Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला

उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला


  • 1.2K
    Shares

    उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव फेला

    उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। 

    चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। 

    स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो। मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। 

    अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष लुंगाराज राईले घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए।घटनाको प्रकृति हेर्दा युवकले बलात्कारपछि किशोरीको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।

     

    ‘दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी हुँदैछ’ एसपी योगीले भने, ‘त्यहाँ थप अनुसन्धान कार्य हुँदैछ। थप विवरण पछि खुल्छ।’

    इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टर बबिन राईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए।  बिहानै स्थानीयले गाउँमा किशोरी र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

    वडाध्यक्ष राईका अनुसार किशोरी स्थानीय सरकारी विद्यालयमा कक्षा १० मा पढ्दै आएकी थिइन्। काठमाडौँ बस्दै आएका युवक भने विदेश जानको लागि केही दिनअघि मात्रै पासपोर्ट बनाउन घर गएको आफन्तले बताएका छन्। मृतक युवक र किशोरी नजिकै घर भएका छिमेकी हुन्।

    images
    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - ०९:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij