Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटना

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश


  • 1.8K
    Shares

    • images
    रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं ।  रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश गरेका हो ।

    तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । सोमबार राप्रपाका महामन्त्री धवल शमशेर जवरा पनि ३ लाख धरौटीमा रिहा भएका थिए । 

    तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको हो ।  

    यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो । 

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १७:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij