२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन भिरेर संसद् भवन पुगेका छन्।
रास्वपाका सांसदहरूआज निलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका हुन्।
रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ुनिलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताएका छन्।
रास्वपाले गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij