२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज साताको तेस्रो कारोबारको दिन मंगलबार बजारमा सुन चाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा २५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी प्रतितोलाको २ हजार १६० कायम भएको छ भने अघिल्लो दिन चाँदी प्रतितोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij