Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

धवलपछि रवीन्द्र मिश्रको पनि अदालतमा उपस्थित

धवलपछि रवीन्द्र मिश्रको पनि अदालतमा उपस्थित


  • 1.6K
    Shares

    धवलपछि रवीन्द्र मिश्रको पनि अदालतमा उपस्थित

    काठमाडौं । तीनकुने घटनामा प्रतिवादी बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

    मिश्र मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने भएको छ।

    गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो भने मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ । 

    तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए भने जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । उत्त आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए । 

    सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका छन् ।

    images
    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - ०९:०८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij