Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गाउँपालिकालाई एम्बुलेन्स प्रदान

गाउँपालिकालाई एम्बुलेन्स प्रदान


  • 1.9K
    Shares

    • images
    गाउँपालिकालाई एम्बुलेन्स प्रदान

    काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ। 

    आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०बायोङ सु मिनले आज गाउँकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रमका बीच एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याललाई हस्तान्तरण गरे। 

    उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ। आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायतका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो। 

    कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ। उक्त एम्बुलेन्स प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गरिरहेको छ।  

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १३:५६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij