२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ ।
बजेटको सैद्धान्तिक छलफलमा कांग्रेसका तर्फबाट डा। प्रकाशशरण महत, एमालेका तर्फबाट भीम आचार्य, माओवादीका तर्फबाट वर्षमान पुन र एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डेले भाग लिएका थिए ।
आजको बैठकमा पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij