Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादी असहमत, सभा अनिश्चित

कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादी असहमत, सभा अनिश्चित


  • 2.3K
    Shares

    कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादी असहमत,  सभा अनिश्चित

    काठमाडौं । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले योजना बैंकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा अनिश्चित बनेको छ । 

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ ।

    माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउन लागिएको भन्दै प्रश्न गरेका छन् । 

    योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १५:२३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij