Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: 'सतर्क रहनू, अत्यावश्यकबाहेक घरबाहिर नजानू

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: 'सतर्क रहनू, अत्यावश्यकबाहेक घरबाहिर नजानू


  • 2.4K
    Shares

    इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो:  'सतर्क रहनू,  अत्यावश्यकबाहेक घरबाहिर नजानू
    images

    काठमाडौं ।  इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ।

    दूतावासले एक वक्तव्य जारी गर्दै इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन भनेको हो।

    दूतावासले युद्धको दौरानमा इजरायलका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको र त्यहाँको होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशन जारी गरिरहेकोले शैक्षिक संस्था एवम् अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाएको छ।

    त्यस्तै सभा भेला नगर्न पनि सरकारद्वारा निर्देशन जारी भइरहेको हुँदा स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न पनि दूतावासले ध्यानाकर्षण गराएको छ।  

    isral.jpg

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १५:३१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij