Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आर्थिक वर्षको बजेट प्रस्तुत भएको १७ दिनपछि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु

आर्थिक वर्षको बजेट प्रस्तुत भएको १७ दिनपछि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु


  • 1.7K
    Shares

    • images
    आर्थिक वर्षको बजेट प्रस्तुत भएको १७ दिनपछि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आजबाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। 

    जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन।

    आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको छ।

    छलफलको प्रारम्भमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई सही दिशा दिन बजेट ल्याइएको बताएका छन्।

    आजको बैठकमा  पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएका छन् ।

    सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालय गत विनियोजनमाथि छलफल हुने संसदीय कार्यसूची रहेको छ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १२:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij