Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

सदनको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छुट्टाछुट्टै छलफल

सदनको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छुट्टाछुट्टै छलफल


  • 1.9K
    Shares

    • images
    सदनको अवरोध खुलाउन रास्वपा र राप्रपासँग सभामुखले गरे छुट्टाछुट्टै छलफल

    काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोधबारे आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका छन् । 

    रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरेले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए । 

    रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए । 

    सभामुख घिमिरेले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका थिए । सभामुख घिमिरेले अध्यक्ष लिङ्देनसँग टेलिफोनमा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ । घिमिरेले संसद्मा आफ्ना विषयलाई राखेर सदन सुचारु गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ११:०१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij