Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विमान दुर्घटनाका जीवित एक मात्र यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कार भन्दा कम छैन

विमान दुर्घटनाका जीवित एक मात्र यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कार भन्दा कम छैन


  • 4.1K
    Shares

    • images
    विमान दुर्घटनाका जीवित एक मात्र यात्रु  भन्छन्: म बाँच्नु कुनै चमत्कार भन्दा कम छैन

    काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए।

    विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्। त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।

    विमानको सिट नम्बर ११ ए मा बसेका उनको भिडिओ सार्वजनिक भएको छ। जसमा उनी खुट्टा खोच्याएर हिँडेको देखिन्छ। भारतीय मूलका बेलायती नागरिक रमेशले भनेका छन्, ‘विमान विस्फोट भयो, म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन।

    उडेको ३० सेकेन्डपछि नै विमान दुर्घटना भयो। जब म होसमा आएँ, मेरा वरिपरि केवल शवहरू थिए। मलाई कसैले उठायो र एम्बुलेन्समा राख्यो। मेरो भाइ पनि मसँगै विमानमा यात्रा गरिरहेको थियो।’

     

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - ११:४९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij