Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ


  • 2.4K
    Shares

    • images
    पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो ।

    ‘कलमजिवी (पत्रकार) नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको छ ।’

    यसअघि बिहान पत्रकार अर्यालले कुराकानीमा आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुगेका बताएका थिए ।

    सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका थिए ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १८:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij