२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सुनचाँदी व्यवसायीहरूले देशभरका पसल बन्द गरी आन्दोलन सुरु गरेका छन्। आगामी बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाइएको विरोधमा उनीहरूले विरोध जनाएका हुन्।
व्यवसायीहरूले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति बनाउनुपर्ने माग गरेका छन्।
काठमाडौँ । देशैभर सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।
सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए ।
‘सरकारले आगामी बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ ,’ उनले भने,‘यसले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको छ । यो खारेजको माग गर्दै देशभर सुनचाँदी पसल बन्द गराएर विरोधमा उत्रिएका हौँ ।’
सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij