Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै


  • 1.4K
    Shares

    • images
    तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

    काठमाडौं ।  तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी  असारदेखि १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनी असार १६ गतेबाट उक्त सेयर निष्कासन गर्ने भएको हो ।  

    बोर्डबाट अनुमति प्राप्त हकप्रदमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ भने कम्पनीले ४० करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

    सेयरका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

    आवेदनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङको नक्सालस्थित कार्यालय, साथै नबिल बैंकका तेह्रथुमस्थित छथर, म्याङलुङ, फेदाप र संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छयायम शाखामार्फत पनि आवेदन दिन सकिने छ।

     

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १०:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij