२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागी रहेको छ । गत मङ्गलबारदेखि बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोलामा १६०० सय रुपैयाँले वृद्धि भएको छ । आजको दिन बिहीबार छापावाल सुन पैतितोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ३ सयमा कायम भएको थियो भने आज १६०० रुपैयाँले बढेको छ ।
साथै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोलामा २१ सय ६५ रुपैयाँ रहेको चाँदी बिहीबार प्रतितोलामा २१ सय ५० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij