२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ असार १ गते बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय भएपनि समय भने तय नभएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जानकारी दिएको छ ।
उक्त आईपीओमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ भने यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने भएको छ ।
२१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्ने छन् र बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुने छ ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij