Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटनामा घाइते रेविका खत्रीलाई सहयोग रकम हस्तान्तरण

तीनकुने घटनामा घाइते रेविका खत्रीलाई सहयोग रकम हस्तान्तरण


  • 1.5K
    Shares

    • images
    तीनकुने घटनामा घाइते रेविका खत्रीलाई सहयोग रकम हस्तान्तरण

    काठमाडौं । राजावादिको  संयुक्त जनआन्दोलन तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

    समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा।प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो । रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् ।

    टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ११:४२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij