Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

६४ वर्षदेखि दलित परिवारको छाप्रोमै बास, पैसा बुझाएको जग्गा पनि साहुले बेचेर हिँडे

६४ वर्षदेखि दलित परिवारको छाप्रोमै बास, पैसा बुझाएको जग्गा पनि साहुले बेचेर हिँडे


  • 1.3K
    Shares

    • images
    ६४ वर्षदेखि  दलित परिवारको छाप्रोमै बास, पैसा बुझाएको जग्गा पनि साहुले बेचेर हिँडे

    धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक दलित परिवार ६४ वर्षदेखि घरबारविहीन छ । तर, भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको सुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर, सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको मुखमा पुग्दा समेत स्थानीय सरकार समेत मुकदर्शक बनेर बसीरहेको छ ।

     

    बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगा निवासी ७९ वर्षीया चन्द्रमाया दमै र उनको छोरा ६४ वर्षीय गोपाल दमै छाप्रोमा बसेको ६४ वर्षभन्दा बढी भयो।

    यो वडामा पंचायतकालदेखि नेता बनेर बहुदल आएपछि निरन्तर राज्यशक्तिको श्रोतको हालीमुहाली गरिरहेका राजेन्द्र पाण्डेको घर छ । उनी  नै अध्यक्ष भएको अस्पताल समेत यहि छ । प्रदेश सांसद  माया शर्मा अहिले पनि यहि बस्छिन  । एमाले माओवादी र नेपाली काँग्रेसका नेताहरु समेत यस वडाका मानिस हुन् तर यो सुकुम्बासी परिवार खान नपाएर छटपटाउँदा र बास नपाउँदा समेत देखेर पनि नदेखेजस्तो गरिरहेको प्रष्ट हुन्छ ।

    सेतै फुलेको कपाल चाउरिपरेको हाडमा टाँसिएको छाला, जिउमा एक डेडबवर्ष अघि कसैले जडौरी दिएको चोलो, त्यस्तै किसिमको च्यातिन लागेको फरिया लगाएर चुहिने त्रिपालले छाएको त्रिपाल मुनी चन्द्रमाया सुतिरहेकी थिइन् । बाहिर कोही आएको आवाजले उठ्न खोजिन । तिनचार दिनको भोको, वृद्ध मानिस ठाडो बस्नसमेत नहुने दुई तिन पाता प्वालनै प्वाल भएको जस्ता, च्यातिएको त्रिपालमुनी एउटा म्याट र पातलो सानो चाइनिज कम्बलको भरमा जिन्दगी कटाउँदै आएकी  चन्द्रमायाको ६४ वर्षको छोरो पनि पानी चुहिने त्रिपाल मुनी एकापटिी सुत्ने गर्छन्  । एक दुई कचौरा, पकाउने भाँडा विना नै धेरैजसो दिनभरी काम गरिदिने र माँगेर ल्याएर आमालाई बचाइ रहेका गोबिन्द दमैको पनि जडौरी सर्ट र २ वर्षजति पुरानो तर मयल परेर रङ नै नचिनिने भएको पाइन्ट लगाएर गुजारा गरिहेका भएपनि स्थानीय सरकार जानकार भएर पनि केही सहयोग गर्न तयार छैन । 
     
    चन्द्रमायाको आमा सेती दमै आएर हाइड्रोपावर इन्जिनियर विश्व कँडेलको बाबु छँदा उनीहरुको जग्गामा काम गर्ने र बस्ने गरी  बसेको र पछि घर बनाउने जग्गा दिउँला भनेर अहिलेसम्म नपाएको चन्द्रमायाले बताइन्  ।

    काम गरुनजेल काम लगाए । खानेकुरा उनीहरुको जग्गामा गरेकोले काम गरेपछि मागेर थोरै मात्र दिन्थे त्यहि खाएर परिवार बाँचेको थियो । केही समयअघि इन्जिनियर कँडेलले तेजनाथ पाण्डेलाई सो क्षेत्रको जग्गा बिक्री गरेपछि सुकुम्बासी परिवार मृत्युको मुखमा पुगेर पनि बाँच्ने आधार खोजिरहेको छ । चन्द्रमायाले आफू जवान हुँदा जग्गावालालई पैसा दिएको र जग्गा दिउँला भनेर साहुले कागज समेत गरेको तर, अहिले जग्गा समेत बेचेर हिडेपछि आफू  गरिबको लागि कोही नभएको चन्द्रमायाको भनाइ छ ।

    जब चुनाव आउँछ सबै दलका नेताहरु भोट माग्छन् । हिड्न नसक्ने चन्द्रमायालाई बोकेर लगेर पनि भोट दिन लगाउँछन् । मोतियाबिन्दु भएर दृष्टिविहिन भएकी चन्द्रमाया अझै पनि आँखा देखिन्छ कि भन्ने प्रश्न गर्छिन ।

    उनको छोरा गोबिन्द पनि ढाडमा ठूलो पोको डल्लो निस्किएर अपांग छन् । सानोतिनो काम गर्न मात्र सक्छन् । भारी बोक्न सक्दैनन् तर उनको छाप्रो तल बस्नेहरुले घरायसी काम लगाएर खान दिने, आमालाई खाना खान दिने घरमा पठाउने गरेर दलित परिवार कष्टपूर्ण तरिकाले बाँचिरहेका छन् ।

    तिनतहको सरकार छ । गरिब सुकुम्वासीका लागि काम गर्ने बताएर उनीहरुको भोट लिने गरेपनि अति विपन्न र सुकुम्वासीका लागि काम नै नगरेकोले स्थानीय, प्रदेश वा संघीय सरकारले चन्द्रमाया दमैको परिवारको लागि बासबस्ने जमिन, उपचार र टाउको लुकाउने बासको व्यवस्था गर्न नियमित सहयोग गर्दै आएका  साबित्रा कँडेलले बताइन् ।

    वडा अध्यक्ष भुवन त्रिपाठीले समाचार लेख्न पत्रकारहरु गएको जानकारी पाएपछि दमै परिवारको समस्या घर बनाउने, जग्गा दिने काम ५ महिनाभित्र गर्ने टेलिफोनबाट बताए । बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया युद्धको भुमरीबाट आएका व्यक्ति भएपनि उनले यस विषयमा आफू नबोल्ने बताएर पन्छिए ।

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - ०८:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij