२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।
विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिएका छन् ।
आज शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन थालिएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने हाछेथुले बताएका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij