२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन नेकपा माओवादी केन्द्र तयार भएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफूहरूले छानबिनको सुनिश्चितता खोजेको बताउँछन् । यस निम्ति छलफल चलिरहेको पाण्डे को जवाफ रहेको छ ।
सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवादले त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको हो ।
सुरुमा गृहमन्त्रीको राजीनामा नै मागेको माओवादी केन्द्रले छानबिन हुने सुनिश्चितता भए संसद्को अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको छ । रास्वपालाई सहमत गराउन कांग्रेस नेताहरुले छलफल जारी राखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij