२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथपछि आइतबार लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले प्रमुख राजमार्गसमेत अवरुद्ध गरेका छन् ।
प्रदर्शनकारीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए भने भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भएका थिए ।
क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि समेत आक्रमण भएपछि उनीहरु ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।
विशेष गरी केन्द्रबिन्दु बनेको डिटेन्सन सेन्टरको सुरक्षाको लागिलस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको’ स्वीकार गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij