२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।
उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।
पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए । सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij