२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित भुवनेश्वर मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
दिउँसो करिब १ बजेको समयमा काभ्रेको बनेपाबाट तारकेश्वर नगरपालिका-३ तीनपिप्लेको भुवनेश्वरी मन्दिर आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस ब्रेक फेल भई दुर्घटनामा परेको हो।
माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा काभ्रे १० की सुनिता खड्का, सारदा रावत, अनिता थापा, कान्छी खड्का, राम शोभा थापा, शान्ता खत्री, पार्वती काफ्ले र लक्ष्मी खड्का सामान्य घाइते भएको प्रहरीको भनाइ छ।
घाइतेहरूको केहीको खुट्टामा, केहीको हातमा सामान्य चोट लागेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij