२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सान्भि इनर्जी डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट हुने भएको छ । सान्भि इनर्जीको यही आउँदो सोमबार, जेठ २६ गते सान्भि इनर्जी हुने भएको हो। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीको सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका छन्। यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी रहेको छ ।
आईपीओको बाँडफाँटमा गोलाप्रथाबाट हुने २ लाख ४१ हजार ५३० जना मात्रले सेयर प्राप्त गर्ने छन् भने बाँकी करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली रहने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij