२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय बिहीबार एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको छ ।
यसअघि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी रमेश थापा भनेले सहप्रवक्ताको जिम्मेवारी पाएका छन् ।डीआईजी दिनेश आचार्यको केन्द्रीय प्रवक्ताबाट जिम्मेवारी भएपछि एसएसपी थापालाई यो जिम्मेवारी दिइएको थियो ।
प्रहरीमा डीआईजी केन्द्रीय प्रवक्ता हुने भएपछि त्यतिबेला डीआईजी भएकाले एसएसपी थापालाई यो जिम्मेवारी दिइएको थियो । अहिले भने डीआईजीमा बढुवा भएकाले घिमिरेलाई यो जिम्मेवारी दिइएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij