Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उद्धार अभ्यासमा गएका गोताखोरका दुईजना प्रहरी सप्तकोसीमा बेपत्ता

उद्धार अभ्यासमा गएका गोताखोरका दुईजना प्रहरी सप्तकोसीमा बेपत्ता


  • 2.2K
    Shares

    • images
    उद्धार अभ्यासमा गएका गोताखोरका दुईजना प्रहरी सप्तकोसीमा बेपत्ता

    काठमाडौं ।  सप्तकोशी नदीमा डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन्। 

    सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि आज अभ्यास गरिरहेको थियो। गोताखोर सहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन्। 

    प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट आज सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको थियो। 

    अक्सिजन सहितको प्रहरीको टोलीले अभ्यास गर्ने क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनले नदीमा बेपत्ता भएकाहरूलाई उद्धार गर्न सुनसरी र सप्तरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम भइरहेको जानकारी दिए। 

    वर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बताइएको छ। घटनास्थलमा सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको टोली पुगेको छ।

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १६:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij