Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इलाका प्रशासनबाट नागरिकता वितरण प्रक्रिया अघि बढाउँदै सरकार

इलाका प्रशासनबाट नागरिकता वितरण प्रक्रिया अघि बढाउँदै सरकार


  • 1.5K
    Shares

    • images
    इलाका प्रशासनबाट नागरिकता वितरण प्रक्रिया अघि बढाउँदै सरकार

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् । बिहीबार ९जेठ २२० प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

    हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्र नागकिरता दिने व्यवस्था छ ।  समिति बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल गरिएको थियो ।

    प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले जटिलताको स्थितिलाई मध्यनजर गर्दै नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । त्यसका निम्ति शाखा अधिकृत सबै इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख नहुनु समस्या रहेको उनले बताए ।

    नागरिकता वितरण गर्दा समस्या नहोस् र सहज होस् भन्ने उद्देश्यले सरकारले अधिकांश जिल्ला प्रशासन कार्यालयमा मेसिन राखेर टोकन पद्धति थालेको उनले जानकारी दिए । मेसिन उपलब्ध हुन नसकेको केही जिल्ला प्रशासनमा पहिला पुग्नेको लिखित नाम टिपेरै भए पनि टोकन पद्धति थालिएको र यसले केही सहजता ल्याएको उनले उल्लेख गरे ।

    नागरिकता प्राप्तिलाई सहज बनाउने गरी विधेयक ल्याइएको उनले बताए । न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १२:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij