२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकारले घर जग्गा कारोबार गदा अनिवार्य रूपमा किन्ने र बेच्ने दुवैको बैँक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेस गरेपछि मात्र लिखत पारित हुने व्यवस्था गरेको छ ।
२०८२ जेठ १३गते भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न यस्तो व्यवस्था गरेको छ ।
सरकारले घरजग्गा कारोबार गर्दा १० लाख रुपैयाँभन्दा माथि भएमा अनिवार्य रूपमा बैँकिङ वा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, उक्त रकम सम्मको कारोबारमा लाग्ने रजिस्ट्रेसन दस्तुर तोकिएको राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत जम्मा गर्नुपर्ने प्रावधान गरिएको छ।
सरकारले गर्न लागेको व्यवस्था अनुसार अब जग्गा खरिदकर्ताको बैँक खाताबाट बिक्रीकर्ताको बैँक खातामा रकम जम्मा भएको स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेस गर्नुपर्ने भएको छ ।
बैँक तथा वित्तीय संस्थाहरूमा एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्र बैँकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । स्थानीय तहबाट प्रमाणित बैनाबट्टा कागज पेस गर्दा १० लाखभन्दा बढी भए, बैँकबाट गरिएका कारोबार विवरण पनि संलग्न गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ ।
घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा १० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । भूमि विभागले निर्देशनको पालना भए–नभएको अनुगमन गर्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij