२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । आज बिहीबार बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो भने आज सुनको मूल्यमा बढेको छ ।
साथै, आज चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij