२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । दाङमा कुटपिटबाट गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका एक किशोरको मत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगन्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको हो। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो। वलीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij