२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएका जनआन्दोलन समिति’को बैठकमा कार्यकर्ताहरुले होहल्ला गरेपछि स्थगित गरिएको छ ।
उक्त आन्दोलनका कार्यक्रममा कार्यकर्ताहरुले होहल्ला गरेपछि बैठक नै तय नगरी स्थगित गरिएको छ ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरुबाट होहल्ला सुरु भएको थियो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन खोई भन्दै हल्ला सुरु गरेका थिए ।
कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij