Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर


  • 1.1K
    Shares

    • images
    साउथवेष्टन र ग्रीन सिटी अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौं र ग्रीन सिटी अस्पताल बसुन्धरा काठमाडौवीच मंगलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक समारोहकावीच भएको समझदारीपत्रमा कलेजकातर्फबाट क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी तथा अस्पतालकातर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरे ।

    आपसी सहकार्य, छात्रबृति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी तथा विद्याथीहरु लाभान्बित हुने विश्वास दुवै पक्षले लिएको छ ।

    समझदारीपत्र बमोजिम साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरु तथा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरु, अस्पतालले उपलव्ध गराउने सेवाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने र अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीहरुलाई कलेजले २० प्रतिशतसम्मको छात्रबृद्धि उपलव्ध गराउने भएको सहमति भएको छ । यसबाहेक दुवै संस्थावीच विद्यार्थीहरुको लागि हेल्थ क्याम्प आयोजना गर्ने तथा इन्टर्नशिपको अवसर उपलव्ध गराउनेसमेत समझदारी भएको छ । समझदारीपत्र तीन पृष्ठ लामो छ । 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १४:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij