Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो


  • 2.2K
    Shares

    • images
    पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ ।

     माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दायर गरेका थिए । 

    प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ भएको हो । 

    आज सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका हुन् । 

    यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । काभ्रेका लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने  छ । 

    सर्वोच्च अदालतको आदेशपछि २०६९ मङ्सिरमा सापकोटासहित माओवादी नेताहरु विरुद्ध रिटा दायर भएको थियो । सर्वोच्चमा सापकोटाविरुद्ध तीनवटा रिट निवेदन रहेका छन् ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १४:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij