२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बिक्रि प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डले मंगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको अनुमति दिएको हो ।
धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा ९१० बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै शेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij