Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बगरमा गाडेको अवस्थामा भेटियो ३८ बोरा गाँजा

बगरमा गाडेको अवस्थामा भेटियो ३८ बोरा गाँजा


  • 2.0K
    Shares

    • images
    बगरमा गाडेको अवस्थामा भेटियो ३८ बोरा गाँजा

    काठमाडौं । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । उक्त गाँजा ११२० किलो बराबरको रहेको छ । 

    भारत तस्करीका लागि तस्करको समूहले  खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो ।

    बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताएका छन् ।

    खतिवडाका अनुसार सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो । गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ०९:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij