२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताए । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने उनको भनाइ छ ।
सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भएपनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद अवरुद्ध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij