Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चिडियाखानाको रेडपाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

चिडियाखानाको रेडपाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ


  • 1.8K
    Shares

    • images
    चिडियाखानाको रेडपाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

    काठमाडौं । ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक रहेका छन् । 

    चिडियाखाना घुम्ने बहानामा गएका उनीहरूले वैशाख ३० मा रेडपाण्डालाई समातेर झोलामा राखेर बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

    आरोपीहरू विरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १५:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij