२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइने भएको छ ।
आज मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो ।
उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा ३०औँ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने भएको छ ।
पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij