Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा मिलन थापा निर्वाचित

मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा मिलन थापा निर्वाचित


  • 1.0K
    Shares

    • images
    मल्टिपल डिष्ट्रिक्टको नेतृत्वमा मिलन थापा निर्वाचित

    काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । 

    डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४/२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ । 

    मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायन वर्ष २०२४/२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जे लाई चर्चामा ल्याएकी छन् । 

    उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ । लायन थापाले लायन्स क्लब मार्फत् समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष योगदान दिएकी छन् । पहिलोपटक मल्टिपल काउन्सिलले महिला नेतृत्व पाएकोमा नेपालका सबै लायन्स लिडरहरुले खुशी हुँदै उनलाई शुभकामना दिएका छन् । 

    मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध भएका छन् । भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा डिष्ट्रिक्ट एच का इलेक्ट गभर्नर लायन रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जि इलेक्ट गभर्नर लायन विधान जोशी र डिष्ट्रिक्ट एफ का इलेक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । 

    आफू निर्विरोध भएपछि उनले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरु विशेषगरी महिलाहरुलाई थप प्रोत्साहन मिलेको बताइन् । उनले भनिन्, “यो जीत सम्मानसँगै मलाई लायनिज्ममा प्राप्त ठूलो जिम्मेवारी पनि हो ।

    अब यो नेतृत्वलाई रुपान्तरण र समावेशीताको उदाहरण बनाउनेछु ।” निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई उनले धन्यवाद दिँदै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १२:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij