Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी


  • 1.4K
    Shares

    जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

    काठमाडौं । रामारोशन गाउँपालिका-७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्।  

    घर नजिकैको रहेको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए।

    बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।

    तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताएका छन्।

    प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकलाई आग्रह गरेको छ।

    images
    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - ११:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij