Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने

कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने


  • 1.4K
    Shares

    • images
    कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने

    काठमाडौं । कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । काठमाडौं-हेटौंडा सडक चार दिन पूर्ण रुपमा बन्द हुने भएको हो । 

    लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले  एक सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी दिएको छ ।

    यस समयमा हेटौंडाबाट काठमाडौं आउने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।

    कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान(कलंकी(हुमाने वा कुलेखानी(सिस्नेरी(फर्पिङ सडक प्रयोग गर्न सकिने भएको छ ।

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - ०९:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij