Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सशस्त्र प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सइसम्म करिब २ हजार जनाको बढुवा हुँदै

सशस्त्र प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सइसम्म करिब २ हजार जनाको बढुवा हुँदै


  • 1.9K
    Shares

    • images
    सशस्त्र प्रहरीमा सहायक हवल्दारदेखि वरिष्ठ सइसम्म  करिब २ हजार जनाको बढुवा हुँदै

     काठमाडौं । सशस्त्रमा करिब २ हजार प्रहरी कर्मचारीको बढुवा हुन लागेको छ । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्म २ हजार जनाको बढुवा हुने गरी सूचना प्रकाशन गरेको छ । 

    सशस्त्र प्रहरीको मुख्यालयले साधारण समूहतर्फ वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि सूचना प्रकाशन गरेको छ । सूचना अनुसार १० दिन भित्र बढुवा फाराम भर्न भनिएको छ ।

    त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि समेत बढुवा सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।

    प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी मूल्याङ्कन फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्ने सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १९:३०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij